बराहक्षेत्र नगरपालिकाको WEB-SITE मा तपाईलाई हार्दिक स्वागत छ 

 

 

 

बराहक्षेत्र नगरपालिका को आधिकारिक वेब पेजमा तपाइलाई हार्दिक स्वागत छ |

नेपालको संबिधान २०७२ बमोजिम नेपाल सरकारद्वारा २०७३ सालमा गठित स्थानीय तह पुनःसंरचना आयोगले गरेको सिफारिस बमोजिम सुनसरी जिल्लामा १२ वटा स्थानीय तह कायम भई कार्यान्वयनमा रहेका छन् | नेपालका विभिन्न  धार्मिक र पर्यटकीय स्थल मध्ये बराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपाल कै सर्बाधिक महत्वपूर्ण र प्रख्यात तिर्थस्थल हो | ब्रह्मपुराण र स्कन्दपुराण लगायतका पुराणहरु र महाभारत महाकाव्यमा समेत उल्लेख गरिएको तथा महिमा गाईएको यो स्थान नेपालको सबैभन्दा पुरानो मध्ये एक देबस्थल हो | सोही पबित्र स्थलको नाम बाट  रहन गएको यस नगरपालिका पूर्वमा धरान उप-महानगरपालिका, पश्चिममा उदयपुर